FAQs Complain Problems

विद्यालय आयुर्वेद स्वास्थ्य शिक्षा कार्यक्रम

यस गैडहवा गाउँपालिकामा संचालित सामुदायिक मा.वि.हरुमा आयुर्वेद चिकित्सा सेवा प्रदान गर्ने संस्थाहरु तथा ती संस्थाहरुबाट कुनकुन सेवा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी दिन एवम् स्वस्थ बृत, दिनचर्या, ऋतुचर्या, आहारविहार, स्वस्थ जीवनशैली सम्बन्धी सचेतना गराउने, जडीबुटीको महत्व वारे जानकारी दिने स्वास्थ्यकर्मी, विद्याथी एवम् समुदाय बिचको सम्बन्ध सकारात्मक एवम् समन्वयत्मक बनाउने उद्देश्य राखी गैडहवा गा.पा. आयुर्वेद शाखाको आयोजनामा मा.वि. तहका छात्रा–छात्रहरुलाई लक्षित गरी विभिन्न मितिमा विद्यालय आयुर्वेद स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा आयुर्वेद शाखा प्रमुख श्री दिपक बहादुर कार्की, क.नि श्री खिमानन्द खनाल एवम् वैद्य श्री गायत्री ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।