FAQs Complain Problems

सूचना तथा समाचार

जोगडा स्वास्थ्य चौकीको शिलन्यास कार्यक्रम

आज मिति २०७५।०२।०४ गतेको दिन जिल्ला रुपन्देहीको गैडहवा गा.पा. वडा नं २ खडैचवामा जोगडा स्वास्थ्य चौकीको ४ कोठे भवनको शिलन्यास गा.पा. अध्यक्ष श्री बच्चुलाल केवट ज्यूको प्रमुख आथित्यतामा गरियो ।

गर्भवती झोला कार्यक्रम - २०७५

गैडहवा गा.पा.का. आ.व. ०७४।०७५ को स्वीकृत कार्यक्रम अनुसार यस गैडहवा गा.पा.

पोखरहवा टोलमा अवस्थित तेलार पुलको शिलन्यास कार्यक्रम

आज मिति २०७५।०१।३१ गतेका दिन यस गैडहवा गा.पा. वडा नं ४ र ७ लाई जोड्ने पोखरहवा टोलमा अवस्थित तेलार पुलको शिलन्यास यस गा.पा.का अध्यक्ष श्री बछु केवटज्यू द्वारा गरियो ।

दोस्रो गाउँसभा सम्पन्न

गैडहवा गा.पा. को आ.वा. ०७४।०७५ को दोश्रो गाउँ सभा बैठकबाट तपसिलका ऐन सर्बसहमतिबाट निर्णय पारित भएको व्यवहोरा सम्पूर्ण सबैमा जानकारीको लागि अनुरोध छ ।
१. गैडहवा गा.पा.बाट गरिने बजार अनुगमन निर्देशिका – २०७५
२. गैडहवा गा.पा. कृषि व्यवसाय प्रर्वधन ऐन – २०७५

बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पोखराबाट मिति २०७४ कार्तिक १६ गते बाट सामाजिक परिचालकका लागि OJT मा आउनुभएको भाई देवीलाल टमटा र बहिनी जन्सरी सार्कीले ६ महिने OJT  कार्य अवधिमा गैदहावा गाउपालिकामा रही खानेपानी तथा सरसफाई कार्यक्रममा सहयोग गर्नुभएकोमा मिति २०७५ बैशाख १०

बाख्रा विकास कार्यक्रम

गैडहवा गाउँपालिका पशु सेवा शाखाबाट उन्नत जातका बयर, बिटल र बरबरी जातका बोका वितरण गरि गैडहवा गाउँपालिकालाइ मासुमा आत्मनिर्भर गर्न ९ वडामा ९ वटा बोका वितरण गरियो ।

Pages